दफा ८
समितिको बैठक
(१) अध्यक्षको निर्देशनमा सदस्य–सचिवले मिति, स्थान र समय तोकी बैठक बोलाउने छ । बैठकको अध्यक्षता अध्यक्षबाट हुनेछ र अध्यक्षको अनुपस्थितिमा सदस्यहरुले आफूमध्येबाट छानेको कुनै सदस्यले अध्यक्षता गर्नेछ ।
(२) बैठक बस्ने सूचना बैठक बस्नुभन्दा साधारणतया एक महिना अगावै दिनु पर्नेछ ।
(३) ६ जना सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(४) बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयात्मक मत दिनेछ ।
(५) साधारणतया समितिको बैठक वर्षको एक पटक बस्नेछ ।
(६) बैठकको निर्णय सदस्य–सचिवद्वारा प्रमाणित गरिने छ ।
(७) यस दफामा लेखिएदेखि बाहेक बैठकमा अपनाईने अन्य कार्यविधि समितिले आफै व्यवस्थित गर्न सक्नेछ ।